मुला
म सानो मूला
तपाई ठुलो मूला
मुला मूला नै हो
के फरक छ र
म पनि माटोमा नै फल्छु
तपाई पनि माटोमा नै
स्वाद के नै फरक छ र
के ठुलो मूला र सानो मुलामा
स्वाद फरक होला र ???
भलै मेरो पात सानो होला
मौलाएको छैन होला
तपाईको पात चिल्लो र
सप्रेको होला तै पनि
के नै फरक छ र
म सानो मूला
तपाई ठुलो मूला
एउतै बारीको मूला
मलाई बारी धनीले सलाद अचार बनाएर खाला
के तपाई लाई ठुलो मूला भनेर छोड्ला ???
भलै दुइ चार दिनको लागि
मेल महोत्सब घुमाउला
तर तपाई ठुलो मूलाको पनि
हबिगत उही मेरो जस्तै हुने हो
तर पनि ठुलो मूला हुने प्रयासमा छु
फरक केहि छैन
म सानो मूला
तपाई ठुलो मूला
उही डयांग को मूला ।।।

No comments:
Post a Comment