Sunday, April 19, 2020

" आदेश " (एउटा लकडाउन को कविता )

(एउटा प्रयास लकडाउनको सदुपयोग )
" आदेश "
त्रास नै त्रासको छ जिन्दगी
कहिले भुँईचालो त,
कहिले बाढीपहिरो
अब आयो कोरोना
देश सबै ठप्प भई लकडाउन लागु हुँदा
म ठप्प हुन सकेको छैन
हिडिरहेको छु
आफ्नो गाउँघर परिवार भेट्न
यहाँ भोकले मर्नु भन्दा
कोरोना लागेर मरिन्छ
मरिन्छ त आफ्नै गाउँको माटोमा
हुन त यो मेरो बहुलठ्ठीपन हुन सक्छ
सरकार भन्छ हो पनि
लक्ष्मीप्रसादको कविता पागल जस्तै
हो साथी जरुर म पागल हो
पागल भइ मानसिक पिडामा बस्नु भन्दा
भोको पेटमा कोठा भित्र बस्नु भन्दा
स्थानीय सरकारको रासन पानीको बाटो हेर्नु भन्दा
आफ्नै बाटो हिड्नु जाति
म मृत्यु जित्न हिडिरहेको पागल
हिडिरहेको छु आफ्नै गन्तव्य भेट्न
म सुन्दै छु समाचार हिड्दा हिड्दै
जो जहाँ छन् त्यहीं रोक्नु
सरकारको आदेश पालना गर्नु
सर्वोच्च अदालतले सरकारलाई आदेश दिन्छ
हिडेकालाई गन्तव्यमा पुर्याईदिनु ..........
अमृत नारायण श्रेष्ठ
गैँडाकोट
२०७७-०१-०७
३.०० बजे